Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँः प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका छन् । उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिएका

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने जिकिर समेत गरेका छन् । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान

फूलबारी लीला मनाइयो

जनकपुरधाम। रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो । भगवान राम र लक्ष्मणको प्रतिकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छ्ेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०८२ –८३ को बजेट पारित

काठमाडौँ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२ –८३ को बजेट पारित गरेको हो । प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले सभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसअनुसार प्रतिष्ठानको यो वर्षको

पोखरा एभेन्जर्सको लगातार दोस्रो हार

काठमाडौँ। शिर्ष ब्याटरको उत्कृष्ट प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकालेको छ । कीर्तिपुरमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले दुई जित निकाल्दा पोखराले दोस्रो हार

जेन–जी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज जेन–जी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाएपछि प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम

महाधिवशनलाई भाड्ने प्रयास हुँदैछ, सफल हुँदैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिएका छन् । एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । अध्यक्ष

प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन् । उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार

शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

काठमाडौँ। शान्ति प्रक्रियाको १९ वर्ष पुग्दा समेत सरकारले द्वन्द्वकालीन न्याय प्रक्रिया प्रभावकारी ढंगले अघि नबढाएको राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ । विस्तृत शान्ती सम्झौताको १९ वर्ष पुगेको अवसरमा अयोगले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चासो र चिन्ता व्यक्त गरेको हो । आयोगले सत्य निरूपण तथा

विदेशी माथि अब कडा निगरानी गर्नुपर्छः महानिर्देशक तिवारी

काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशी माथि अब कडा रुपमा निगरानी गर्नुपर्ने बताएका छन् । मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरु आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको बताएका छन् । आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय

सम्वन्धित समाचारहरु