Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

पोखरा एभेन्जर्सको लगातार दोस्रो हार


काठमाडौँ। शिर्ष ब्याटरको उत्कृष्ट प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकालेको छ ।

कीर्तिपुरमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले दुई जित निकाल्दा पोखराले दोस्रो हार सामना ग¥यो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ९४ रनको विशाल लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको पोखराले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ७५ रन मात्र बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । पोखराको सुरुआत निकै खराब रह्यो । पाँचौं ओभरमा तीन ब्याटर सस्तै आउट भए । ओपनरद्वय दिनेश खरेल ६ र एडम रोसिङ्टन १ रनमै पभेलियन फर्किए । तालमेन नमिल्दा पहिलो ओभरमै एडम रनआउट हुन पुगे । तेस्रो ओभरमा हरमितले दिनेशलाई पनि हेमन्त धामीबाट क्याच गराए । त्यसपछि आएका किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए । यद्यपि, चौथो विकेटका लागि कप्तान कुशल जिमी निसामबीच ७५ रनको महत्वपूर्ण साझेदारी बन्यो । यी दुई ब्याटिङ गर्दा पोखराले पूर्ण दबाब बनाएको थियो । यद्यपि, १२औं ओभरमा सुदूरपश्चिमक कप्तान दीपेन्द्रसिंह ऐरीले निसामलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए । पहिलो दुई बलमा निसामलाई लगातार छक्का प्रहार गर्दै दीपेन्द्रमाथि दबाब बनाए । तर तेस्रो बलमा दीपेन्द्रले चम्का दिँदै उनलाई बोल्ड गरे ।

फेरि पोखरामाथि दबाब बढ्यो । निसामले २५ बलमा ४७ रन जोडे । उनले दुई चौका र पाँच छक्का प्रहार गरे । उनी आउट हुँदा पोखरा ११.३ ओभरमा ९५/४ को स्थितिमा पुग्यो । त्यसपछि कुशलले साथ पाउन सकेनन् । सुमित बर्मा ६ रनमा क्याच भए । दबामा परेका कुशल पनि १६औं ओभरमा ठूलो सट खेल्ने चक्करमा बोल्ड भए । उनले ३२ बलमा ५३ रन जोडे । उनको इनिङमा समान चार चौका र छक्का थियो । यो विकेटपछि सुदूरपश्चिमले खेलमा पूर्ण दबाब बनायो । पोखराले लगातार विकेट गुमाउँदै खेल सुम्पियो । अभिशेक तिवारी १३ बलमा ३ रन बनाएर आउट भए । यद्यपि, आठौं नम्बरमा ब्याटिङ गर्न आएका डान डाउथवेटले १६ बलमा ३७ रन जोडे पनि जित दिलाउन सकेनन् ।

उनले एक चौका र पाँच छक्का हिर्काए । सुदूरपश्चिमको बलिङमा हरमित सिंहले दुई तथा स्कट कुग्गेलिन, दीपेन्द्रसिंह, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९३ रनको लक्ष्य जोड्यो । शीर्ष तीन ब्याटरले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले राम्रो योगफल बनायो । ओपनरद्वय जोश ब्राउनले ६८ रन र विनोद भण्डारीले ४३ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि एक सय ८ रनको सतकीय इनिङको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । जिमी निसामले ११औं अ‍ेोभरमा ब्राउनलाई किरण ठगुन्नाबाट क्याच गराए । ब्राउनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । विकेटकिपर तथा ब्याट्सम्यान भण्डारीले भने सुस्त ब्याटिङ गर्दै अर्को छेउ समाले । उनले दोस्रो विकेटका लागि क्रिस लिनसँग ३४ रनको साझेदारी गरे । क्रिसले १३ बलमा ३१ रन जोड्दै आक्रामक ब्याटिङ गरे । तेस्रो विकेटका रूपमा आउट हुनुअघि उनले चार चौका र दुई छक्का हिर्काए । १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिमले १४२÷२ को राम्रो स्थितिमा थियो । सुदूरपश्चिमले १४.३ ओभरमा एक सय ५० रनको आँकडा पार गरेको थियो । त्यसपछि भने सुदूरपश्चिमले राम्रो साझेदारी बनाउन सकेन र लगातार विकेट गुमायो । बाँकी सात ओभरमा सुदूरपश्चिमले पाँच विकेट गुमाउँदा ४७ रन जोड्यो । कप्तान दीपेन्द्रले १० बलमा समान एक चौका र छक्कासहित १५ रन जोडे ।

दीपेन्द्र १६औं ओभरमा डान डाउथवेटको बलमा आउट भए । लगत्तै ओभरमा विनोद पनि आकाश चन्दको बलमा शिकार भए । ओपनर विनोदले ४२ बलमा ६ चौका हिर्काए । त्यसपछि आएका ब्याटरले राम्रो रन नै बटुल्न सकेनन् । हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ र आरिफ शेख शून्यमा नै पभेलियन फर्किए । सुदूरपश्चिमका लागि अन्तिम पाँच ओभर राम्रो रहेन र ३३ रन जोड्दा पाँच विकेट नै गुमायो । पोखराको बलिङमा जेमी निसामले तीन विकेट तथा डान र आकाश चन्दले समान दुई विकेट लिए ।


प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?