Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

पोखरा एभेन्जर्सको लगातार दोस्रो हार


काठमाडौँ। शिर्ष ब्याटरको उत्कृष्ट प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकालेको छ ।

कीर्तिपुरमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले दुई जित निकाल्दा पोखराले दोस्रो हार सामना ग¥यो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ९४ रनको विशाल लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याएको पोखराले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ७५ रन मात्र बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । पोखराको सुरुआत निकै खराब रह्यो । पाँचौं ओभरमा तीन ब्याटर सस्तै आउट भए । ओपनरद्वय दिनेश खरेल ६ र एडम रोसिङ्टन १ रनमै पभेलियन फर्किए । तालमेन नमिल्दा पहिलो ओभरमै एडम रनआउट हुन पुगे । तेस्रो ओभरमा हरमितले दिनेशलाई पनि हेमन्त धामीबाट क्याच गराए । त्यसपछि आएका किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए । यद्यपि, चौथो विकेटका लागि कप्तान कुशल जिमी निसामबीच ७५ रनको महत्वपूर्ण साझेदारी बन्यो । यी दुई ब्याटिङ गर्दा पोखराले पूर्ण दबाब बनाएको थियो । यद्यपि, १२औं ओभरमा सुदूरपश्चिमक कप्तान दीपेन्द्रसिंह ऐरीले निसामलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए । पहिलो दुई बलमा निसामलाई लगातार छक्का प्रहार गर्दै दीपेन्द्रमाथि दबाब बनाए । तर तेस्रो बलमा दीपेन्द्रले चम्का दिँदै उनलाई बोल्ड गरे ।

फेरि पोखरामाथि दबाब बढ्यो । निसामले २५ बलमा ४७ रन जोडे । उनले दुई चौका र पाँच छक्का प्रहार गरे । उनी आउट हुँदा पोखरा ११.३ ओभरमा ९५/४ को स्थितिमा पुग्यो । त्यसपछि कुशलले साथ पाउन सकेनन् । सुमित बर्मा ६ रनमा क्याच भए । दबामा परेका कुशल पनि १६औं ओभरमा ठूलो सट खेल्ने चक्करमा बोल्ड भए । उनले ३२ बलमा ५३ रन जोडे । उनको इनिङमा समान चार चौका र छक्का थियो । यो विकेटपछि सुदूरपश्चिमले खेलमा पूर्ण दबाब बनायो । पोखराले लगातार विकेट गुमाउँदै खेल सुम्पियो । अभिशेक तिवारी १३ बलमा ३ रन बनाएर आउट भए । यद्यपि, आठौं नम्बरमा ब्याटिङ गर्न आएका डान डाउथवेटले १६ बलमा ३७ रन जोडे पनि जित दिलाउन सकेनन् ।

उनले एक चौका र पाँच छक्का हिर्काए । सुदूरपश्चिमको बलिङमा हरमित सिंहले दुई तथा स्कट कुग्गेलिन, दीपेन्द्रसिंह, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९३ रनको लक्ष्य जोड्यो । शीर्ष तीन ब्याटरले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले राम्रो योगफल बनायो । ओपनरद्वय जोश ब्राउनले ६८ रन र विनोद भण्डारीले ४३ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि एक सय ८ रनको सतकीय इनिङको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । जिमी निसामले ११औं अ‍ेोभरमा ब्राउनलाई किरण ठगुन्नाबाट क्याच गराए । ब्राउनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । विकेटकिपर तथा ब्याट्सम्यान भण्डारीले भने सुस्त ब्याटिङ गर्दै अर्को छेउ समाले । उनले दोस्रो विकेटका लागि क्रिस लिनसँग ३४ रनको साझेदारी गरे । क्रिसले १३ बलमा ३१ रन जोड्दै आक्रामक ब्याटिङ गरे । तेस्रो विकेटका रूपमा आउट हुनुअघि उनले चार चौका र दुई छक्का हिर्काए । १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिमले १४२÷२ को राम्रो स्थितिमा थियो । सुदूरपश्चिमले १४.३ ओभरमा एक सय ५० रनको आँकडा पार गरेको थियो । त्यसपछि भने सुदूरपश्चिमले राम्रो साझेदारी बनाउन सकेन र लगातार विकेट गुमायो । बाँकी सात ओभरमा सुदूरपश्चिमले पाँच विकेट गुमाउँदा ४७ रन जोड्यो । कप्तान दीपेन्द्रले १० बलमा समान एक चौका र छक्कासहित १५ रन जोडे ।

दीपेन्द्र १६औं ओभरमा डान डाउथवेटको बलमा आउट भए । लगत्तै ओभरमा विनोद पनि आकाश चन्दको बलमा शिकार भए । ओपनर विनोदले ४२ बलमा ६ चौका हिर्काए । त्यसपछि आएका ब्याटरले राम्रो रन नै बटुल्न सकेनन् । हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ र आरिफ शेख शून्यमा नै पभेलियन फर्किए । सुदूरपश्चिमका लागि अन्तिम पाँच ओभर राम्रो रहेन र ३३ रन जोड्दा पाँच विकेट नै गुमायो । पोखराको बलिङमा जेमी निसामले तीन विकेट तथा डान र आकाश चन्दले समान दुई विकेट लिए ।


प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?