Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् ।

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने जिकिर समेत गरेका छन् । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह¥याउन सक्ने अवस्था नरहेको समेत बताए । उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष ओलीले भने,‘देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया, त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृतिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परिक्षण सम्मानित अदालतबाट संवैधानिक परिक्षण हुनै पर्दछ । संविधानले कुनै पनि हालतमा यो सरकारलाई उचित ठह¥याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ । त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढंगले होस भन्ने चाहन्छौ । र हुनेछ । यस कामको अगुवाई नेकपा एमालेले गर्नेछ । मैले अघि नै पनि भने । नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ ।’

अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?