Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

महाधिवशनलाई भाड्ने प्रयास हुँदैछ, सफल हुँदैनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिएका छन् । एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरेका छन् । उनले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताए । उनले फराकिलोपन र फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

उनले भने,‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । र म देख्दैछु, सुन्दैछु । त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँडने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, त्यसको स्वाधिनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरु, राष्ट्रिय हितहरु र यसको स्वाभिमानहरुलाई माथि उठाएर गर्छ । किन टाउको दुखाउने ? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन । तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । अरु थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन । नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसीर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रुपमा स्थापित गर्नेछन । र, नेकपा एमाले यस कुरा सजग छ । अव म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔ । फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔं । मेरो आग्रह छ । विभिन्न सामाजिक संजालहरुमा केही भ्रमहरु फिजाइएको देख्छु । त्यस भ्रमहरुमा नलाग्नका लागि म साथीहरुलाई आग्रह गर्न चाहन्छु । कोही पनि नलागुन् यस्ता कुरा ।’

अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाईमा पुर्याउने दाबी समेत गरेका छन्।


प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?