Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


पोखरामा रैथाने हाटबजार सञ्चालन, तिहारको मुखमा सयपत्री मेला

पोखरा। पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् भने

एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं। एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता रहेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । त्यस्तै, विश्व बैंक, एशियालि

सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान

सर्लाही। सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । उक्त अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार

प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ । त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्नेबारे

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं। रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । उक्त निवेदन सुनुवाइका लागि बिहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो । त्यस्तै, टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद चौधरीलाई राष्ट्रपतिले ३

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा ९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, ७५.४५ प्रतिशत विद्यार्थीले

युट्युबर मनोज मानव पक्राउ

काठमाडौं। युट्युबर मनोज मानव पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको थियो । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मनोजलाई पक्राउ गरेको जनाइएको छ । उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए भने उनलाई बिहीबार अदालतमा पेस

आज सुनको मूल्य १ हजार रुपैयाँले फेरी घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । आज सुन एक हजार रुपैयाँले घटेर तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय

सम्वन्धित समाचारहरु