Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु


काठमाडौं। एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता रहेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । त्यस्तै, विश्व बैंक, एशियालि विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे । उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिदै बैंकमा लगानी बढाउन समेत आग्रह गरे । सो सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?