Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु


काठमाडौं। एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता रहेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । त्यस्तै, विश्व बैंक, एशियालि विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे । उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिदै बैंकमा लगानी बढाउन समेत आग्रह गरे । सो सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?