Trending
>>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


विषाक्त खानाका खाएर कम्तीमा २०० जना बिरामी

२३ श्रावण, एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए । सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ । घटनाबारे

बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

२३ श्रावण, एजेन्सी । श्रीलङ्काको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले सोमबार बताएका छन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख गर्दै मन्त्रीले आफ्नो ट्विटर एकाउन्टमा वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि जानकारी गराएका छन् । श्रीलङ्काले

अमेरिकाको पेन्सिलभेनियामा चार्टर बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु

२३ श्रावण, एजेन्सी । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ । सो दुर्घटना राति ११ः५० बजे भएको थियो । दउफिन काउन्टीको तल्लो प्याक्सटन टाउनशिपको दक्षिण क्षेत्रमा बस पल्टिएको थियो । थुप्रै मानिसहरूलाई चोटपटक लागेको

कान्छी श्रीमतीको हत्या गरेर श्रीमान् फरार

२३ श्रावण, इलाम । इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२३ श्रावण, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३०  बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि  पाँच सय मिटर

बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति

२३ श्रावण, कैलाली । गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ । नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र

लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

२३ श्रावण, गण्डकी। गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र

एमालेको पार्टी कार्यालयमा पस्यो बाढी (तस्बिरहरू)

२३ श्रावण, काठमाडाैँ । नेकपा एमालेको मुख्यालयमा बाढी पसेको छ । सोमबार रातीदेखिको अविरल वर्षाका कारण आएको मनोहरा नदीको बाढी ललितपुर- च्यासलस्थित नेकपा एमालेको मुख्यालयमा पसेको हो । एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा तस्बिर पाेस्ट गर्दै यसपटक पनि एमाले केन्द्रीय कार्यालयमा वर्षाले क्षति पुर्‍याएकाे बताएका छन् । अविरल वर्षाका कारण

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

२३ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

२३ श्रावण, चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु

सम्वन्धित समाचारहरु