Trending
>>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर संयुक्त रुपमा दाहसंस्कार गरिरहेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले शुक्रवार पशुपति आर्यघाटमा

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका साहको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ। १० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रवार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ । उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहेका शाहको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उनका आफन्त देवकुमार

मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका

काठमाडौँ। आगामी २० औं एशियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मिहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् । आगामी २० औं एशियाली खेलकुदका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार भएको बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट दिन र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी

पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण शुरु

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने कार्य शुरु गरिएको छ । गत भदौ १० गते र त्यसपछिको भीषण त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । बाढीले सडकको ठूलो हिस्सा बगाएपछि

ओलीको प्रश्नः ग्रीन आर्मीमा मेरो नाम किन जोडियो, यसमा केही शंकास्पद छ

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि प्रश्न उठाएका छन् । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले उक्त समूहको परिचय र उद्देश्य स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् ।

माथिल्लो त्रिशुली ३ ए को सुरुङमा अड्किएका फोरम्यान साहलाई छाउनी ल्याइयो (तस्बिरसहित)

काठमाडौँ। माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ । शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उनलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो । आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात

त्रिशुली ३ ए को सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार

काठमाडौँ। माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?

काठमाडौँ। मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लाका १५ स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यलयमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहलाई उक्त रकम

बाढी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता अपनाउन विभागको आग्रह

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खाद्य स्वच्छता कायम गर्न उपभोक्ता, राहत वितरक तथा व्यवसायीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले राहत वितरण भइरहेका खाद्यान्न, पिउने पानी तथा तयारी भोजनको अनुगमन तीव्र बनाएको जनाएको छ। साथै दूषित, म्याद गुज्रेका वा बाढीले

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

काठमाडौँ। हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन । यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई

सम्वन्धित समाचारहरु