काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । बैठक सुरू भएकाे छ ।सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभा बैठक लाइभः https://youtu.be/jOzQCWGLQBk
काठमाडाैं । स्वास्थ्य बिमा बोर्डले बिमामार्फत दिँदै आएको एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ । बोर्डले बिमामा रहेको सुविधा थैलीका सेवा सुविधाको परिमार्जित गर्दै नयाँ दर सार्वजनिक गरेको हो । परिमार्जित गरिएको दररेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेडचार्ज प्रतिदिन दुई सय ५०, शल्यक्रियामा ७०
काठमाडाैं । अदालतको फैसला कार्यान्वयनको बहानामा घुस माग्ने दुई जना प्रहरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार शर्माप्रसाद यादव र मञ्जितकुमार झालाई सजाय सुनाएको हो। यादव प्रहरी सहायक निरीक्षक हुन् भने झा प्रहरी वरिष्ठ हवल्दार हुन्। उनीहरूलाई जनही एक महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना
काठमाडौं । युवा बिज्ञ सबिन लामिछाने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।युवा सशक्तिकरण तथा नेतृत्व बिकासका मार्फतबाट समग्र नेपालको युवा समुदायको बिकास तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले नगद सहित लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मान गरेको हो । आज मन्त्रालयमा
काठमाडाैं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले दुवै आयोगको म्याद थप गर्ने प्रयाेजनका लागि बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। बैठकले
काभ्रे । बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो। गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीका अलावा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, समाजवादी मोर्चाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायतका नेता सहभागी छन्। एमालेले सहकार्य तोड्दै कांग्रेससँग नयाँ सत्तागठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए