Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

युवा बिज्ञ लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार


काठमाडौं । युवा बिज्ञ सबिन लामिछाने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।युवा सशक्तिकरण तथा नेतृत्व बिकासका मार्फतबाट समग्र नेपालको युवा समुदायको बिकास तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले नगद सहित लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मान गरेको हो । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले लामिछाने सहित अन्य विभिन्न विद्याका ८ जना युवालाई नगद रु १ लाखसहित पुरस्कार वितरण गरे ।

विगत एक दशकदेखि युवाका समग्र विकास र युवासँग सम्बन्धित बिषयमा क्रियाशील चाँगुनारायण नपा ७, भक्तपुर निवासी लामिछानेले विशेष गरि युवा सशक्तीकरण, युवा सहभागिता, युवा उद्धमशिलता, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा शान्ति निर्माणको क्षेत्रमा कार्य गर्दै आएका छन्।

उनले युवा संस्था, स्थानिय सरकार, शैक्षिक संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा संयुक्त राष्ट्र संघमा आवद्ध रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली युवाहरुको बिकासको क्षेत्रमा काम गर्दै आएका छन्। लामिछाने हाल संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनमा राष्ट्रिय युवा बिज्ञको रुपमा आबद्ध रहेका छन्।

लामिछाने सन् २०२१ मा स्विस सरकार, जेनेवा सुरक्षा नीति केन्द्र तथा संयुक्त राष्ट्रसंघ तालिम तथा अनुसन्धान संस्थानको ‘वरिष्ठ शान्ति निर्माण तालिम’ मा विश्वभरबाट चुनिएका २२ विज्ञहरूमध्येमा एकमात्र युवा नागरिक समाज प्रतिनिधिका रूपमा लामिछाने चुनिएका थिए ।

युवाका बिकासमा योगदान पुर्याए वापत लामिछाने स्वीडेन सरकारद्वारा प्रदान गरिने एसआई एडभोकेसी ल्याब २०२२ का लागि विश्वभरिका ३५ प्रभावशाली युवा अभियान्ताका रूपमा सम्मानित भएका थिए ।


प्रकाशित मिति: २७ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?