Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


प्रधानमन्त्रीको आश्वासनमा शंका छैन तर काम नभएसम्म विश्वास लाग्दैनः हर्क साङपाङ

काठमाडौँ। धरान उप महानगरपालिकाका मेयर हर्कराज राईले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् । सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका छन् । उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने

नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो होः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको बताएका छन् । उनले

शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नै छैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताएका छन् । उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताएका छन् ।

नयाँ गभर्नरको टुंगो छैन, का.मु.को जिम्मेवारी पाएकी ढुंगानाले के गर्न सक्छिन् ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर को हुने अझै टुंगो लागेको छैन । पाँच वर्षको कार्यकाल सकेर महाप्रसाद अधिकारी गभर्नरबाट विदा भएपनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैंकले ऐनमा सामान्यतः पद रिक्त हुनु एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ । गत फागुनमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री

मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेनः मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमवार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग

राष्ट्रिय सूचना आयोगमा पछिल्लो एक महिनामा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मलेन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन

रास्वपा सभापति लामिछाने कारागार चलान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । सोमवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल उपलब्ध भएपछि प्रहरीले लामिछानेलाई अदालतमा पेश गरेर कारागार चलान गरेको हो । अदालत पुर्याउने बित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरी

मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्ला भित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न चार समूह बनाएको छ । समितिले ढोरपाटन शिकार

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फेरि ३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २३ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

काठमाडौं । पछिल्लो तीन महिना देखि रोकिएको काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीतलब सोमबार सबैले तलब पाएका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको तलब पाउन कर्मचारीहरूले सरकारसँग माग गरेका थिए । पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएको

सम्वन्धित समाचारहरु