Trending
>>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने >>   राज्यको क्रुरतालाई सहेर चुप बस्न सकिन्न् , संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्छ : प्रकाशचन्द्र… >>   विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चितः अध्यक्ष अग्रवाल >>   तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री >>   राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेनः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन् । उनले मालवाहक सवारी साधनहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताउंदै मालवाहक गाडिहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए । उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए ।

प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडिहरु चलाउन दिएको आरोप लगाउदै उनले गाडिहरुको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताए । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।

मन्त्री दाहालले भने, ‘मापदण्डविपरितका गाडिहरु विपी राजमार्गमा चलेको भन्ने धेरै पहिलेदेखि नै कुराहरु आइराखेको हो । यो बाटो नबिग्रिदा पनि यो विषय आएको थियो । त्यसमा केहीलाई हामीले कारबाही पनि ग¥यौँ । तर यो विकृति चाहीँ यथावत नै छ भनेर यहाँहरुले भन्नुभएको छ । मापदण्डविपरितका गाडिहरुलाई रोक्नका लागि हामी लाग्छौं । यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । यसको बारेमा गृह मन्त्रालयसँग समेत बसेर कुरा गर्छौं । तौलपुलको सम्बन्धमा तपाईहरुले दिनुभएको सुझावप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी त्यसका लागि कार्यदल बनाएर अध्ययन गर्छौं । तुरुन्तै त्यसलाई समाधान गर्नुपर्ने भएको छ । यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन । असहयोग भयो क्या । यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ । किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि । पैसा खाएर ओभर लोडका गाडिहरु चलाउन दिने कुराले त स्वभाविक रुपले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ । त्यसकारण यो विकृतिलाई हटाउनको लागि लाग्ने कुरा म यहाँहरुलाई जानकारी गराउँछु ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकहरुमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिदै यात्रुवाहक सार्वजनिक सवारी साधन चल्ने सडकहरुमा प्राविधिक रुपमा सहयोग गर्न मन्त्रालयसँग आग्रह गरेका छन् । उनले यात्रुवाहक सवारी साधन सहज ढंगले हिँड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । उनले देशभरको सडकमा सार्वजनिक सवारी साधनका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै माग सम्बोधन नभएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उअनले दाउन्नेमा मालवाहक सवारीका कारण सार्वजनिक सवारी साधनहरुले दुःख पाइरहेको उल्लेख गर्दै केही दिनमा समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उनले भने, ‘सडकमा धेरै राजनीतिकरण भयो के । सडकमा राजनीतिकरण नगरिदिनको लागि सबै राजनीतिक दल र तल रहेका निकायहरुलाई पनि हार्दिक अनुरोध गर्दछौं । विभिन्न क्लवहरुले दुःख पनि दिनुभएन । सडक बनाउने ठाउँमा प्रविधिक रुपमा सहजिकरण पनि गरिदिनुपर्यो । हामीलाई यात्रुवाहक सवारी साधन सहज ढंगबाट हिँड्नेगरी बाटो चाहियो । किनभने यात्रु सवारीमा चढिसकेपछि समस्या भयो भने हामीलाई नै कराउने हो । त्यसकारण यदि अब पनि दाउन्नेमा यस्तै स्थिति भयो हामी यात्रुवाहस सवारी साधन चलाउँदैनौं । आज हामीले देशभरैकै सडकको अवस्थाका बारेमा हामीले कुरा उठान गरेका छौं । यदी केही दिनमा सम्बोधन भएन भने हामी महासंघ र मजदुर \ युनियन सडकमा आउने अवस्था आउँछ ।’

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले वायु प्रदुषण बढ्नुमा सार्वजनिक सवारी साधनको मात्र नभई निजी र व्यक्तिगत गाडिहरुको योगदान पनि उत्तिकै रहेको बताउंदै उनले सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनको कारण बढी वायु प्रदुषण भइरहेको बताए । उनले मोटरसाइकलहरुलाई समेत वायु प्रदुषणको मापदण्डभित्र राखेर चेकजाँच गर्न माग गर्दै मोटरसाइकलबाट निस्कने धुँवा वातावरणका लागि झन खतरनाक हुने भएकोले तुरुन्त कार्यविधि बनाएर चेकजाँचको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।

अध्यक्ष स्वाँरले भने, ‘अब मोटरसाइकललाई पनि पोलुसन मापदण्डभित्र ल्याएर त्यसको चेकजाँच गर्नुपर्नेछ । मोटर साइकलको हेभी भोल्युम छ । सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनहरु बढी मात्रामा छन् । यिनीहरुको सन्दर्भमा मापदण्ड लागु गर्नुपर्छ । सार्वजनिक यातायातले त पब्लिकलाई सुविधा नै दिने हो । अहिले उपत्यकाभित्र १० लाखभन्दा बढी मोटरसाइकल चल्छन् । ति मोटरसाइकलहरुको सन्दर्भमा हामीसँग मापदण्ड नै छैन । दशौं लाख मोटर साइकलहरुले उपत्यकाभित्र चल्दा कति फोहोर हुन्छ ? विज्ञहरुले नै भनेका छन् कि मोटरसाइकलबाट आउने धुवाँ झन खतरनाक हुन्छ । अब तुरुन्त एउटा कार्यविधि बनाएर त्यसलाई पनि चेकजाँच गर्ने गरेर अनुगमन गरिदिनुपर्यो ।’

निर्माणाधिन सडकहरुमा मालवाहक सवारी साधनमा रोक लगाएर भएपनि सार्वजनिक सवारी साधन चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।


प्रकाशित मिति: २५ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?