Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चितः अध्यक्ष अग्रवाल


काठमाडौँ। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले अमेरिकाले बढाएको विश्वव्यापी करको असर नेपालमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभामा बोल्दै उनले नेपालको विदेशी विनिमय दर भारतीय रुपैयाँसँग निश्चित र स्थिर रहेकाले भारतमा पर्ने विदेशी अर्थतन्त्रको असर नेपालको अर्थतन्त्रमा पनि निश्चित रुपमा पर्ने बताएका छन् । उनले नेपाल उज्यालो युगमा प्रवेश गरेपनि जलविद्युत उत्पादनमा नीतिगत समस्याले अवरोध गरेको बताएका छन् । सरकारले ५० भन्दा बढी जलविद्युत आयोजनाको प्राथमिक शेयर (आइपिओ) निष्कासन प्रक्रिया रोक्का गरेकाले आयोजना निर्माणमा गम्भीर चुनौती सिर्जना भएको बताउंदै उनले वित्तीय अवरोध सिर्जना भएकाले ऊर्जा विधेयकमा भएका कतिपय प्रावधान संसदबाट कानून बनाएर संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रसारण लाइनका लागि अनुमति लिएर काम शुरु गरेपनि पछिल्लो पटक आएको अदालतको फैसला र सम्बन्धित निकायले वन क्षेत्रमा अवरोध गर्दा लगानीकर्ताको करोडौं लगानी जोखिममा परेको बताए ।

उनले भने, ‘नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत उत्पादनको क्षेत्रमा अझैपनि नीतिगत चुनौतिहरु देखापरेका छन् । ऊर्जा विधेयकमा उल्लेखित प्रावधान,अदालतबाट आएका फैसला र वन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरुको निर्माणमा गम्भीर चुनौति खडा गरेको छ । संरक्षित वन क्षेत्रमा विद्युत विकास विभागमार्फत अनुमति लिएर डेभलपरहरुले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्बन्धित निकायले वन क्षेत्रमा भएका अवरोधले प्रशारण लाइन र आयोजना निर्माण अन्योलमा परेको छ भने लगानीकर्ताको करोडौँ रुपैयाँ थप जोखिममा परेको छ । यस्तो खाले जटिल प्रावधानलाई संसदबाट कानून बनाएर संशोधन गरिनुपर्दछ । ऊर्जा विधेयकमा उल्लेखित केही प्रावधानका कारण जलविद्युत आयोजना बन्नै नसक्ने अवस्था समेत सिर्जना भएको छ । धितोपत्र बोर्डले झण्डै ५० जलविद्युत आयोजनाको प्राथमिक शेर आइपिओ निष्कासन रोकेर राखिदिएको छ । निर्माणाधिन आयोजनामा आइपिओ जारी हुन नसकेपछि आयोजना निर्माणमा वित्तीय अवरोध सिर्जना भएको छ । संयुक्त राज्य अमेरिकामा नेतृत्व परिवर्तन पश्चात लिएको व्यापार नीतिले विश्व व्यापारमा नै ठूलो प्रभाव पर्ने देखिएको छ । विश्व परिवेशमा देखिएको टेरिफ वारले नेपालमा पनि प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पर्ने सम्भाना देखिएको छ । नेपालको विदेशी विनिमयम भारतीय मुद्रासँग निश्चित दरबाट बास्केटमा रहेकाले ट्रेडिङ टेरिफ वारका कारण भारतको अर्थतन्त्रका पर्ने असरको चेन इफेक्ट हाम्रो अर्थतन्त्रमा हुने निश्चित छ ।’

अध्यक्ष अग्रवालले पर्यटनलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा मानेर गतिविधि सञ्चालन गर्न ढिला भइसकेको बताउंदै रामायण पथ तथा बुद्ध सर्किटको अवधारणा कार्यान्वयन गरी चीन र भारतबाट धार्मिक पर्यटक भित्र्याउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?