काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन् । मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरेका छन् । उनले
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पु¥याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलवार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौ वार्षिक प्रतिवेदन,
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूचि रहेको छ । यसैगरी ,अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन्। सोमवार उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको सो फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र जनताको वास्ता नगर्ने केही
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली
काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नदी किनारामा दायाँबायाँ २० मिटर छोडेरमात्रै संरचना निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध सरकार तत्काल पुनरावलोकनमा जानुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले सर्वोच्च अदालतले नागरिकलाई सुकुम्वासी बनाउने उद्देश्यसाथ सो फैसला गरेको बताएका छन् । उनले अदालतको फैसला
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी वचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम