Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै


समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ। निर्वाचन आयोगले सबै जिल्लाबाट प्राप्त निर्वाचन फारम प्रणालीमा प्रविष्ट गर्ने काम गरिरहेको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अन्तिम विवरण वेबसाइटमा अद्यावधिक भएपछि प्राप्त मतका आधारमा थ्रेसहोल्ड कटाउने दल छुट्याएर सिट बाँडफाँट प्रक्रिया अघि बढाइनेछ।

पछिल्लो विवरणअनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भइसकेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ। यस्तै नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, (नेकपा (एमाले)ले १४ लाख ४८ हजार ८५४, नेपाल कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७५३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ मत प्राप्त गरेका छन्।

आयोगले अन्तिम तथ्याङ्क सार्वजनिक गरेपछि समानुपातिक सिट बाँडफाँटको प्रक्रिया टुंगो लाग्ने जनाएको छ।


प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?