Trending
>>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ >>   प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ >>   नेपाल इभि युगमा गइसक्योः मन्त्री दाहाल >>   गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्नेमा सरकार छैनः मन्त्री गुरुङ >>   वनमन्त्री ठकुरीको एक वर्षः कार्बन व्यापार, जलवायु कार्यमा र नीति निर्माणमा उपलब्धिमुलक >>   अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ– यातायात सचिव शर्मा >>   वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता >>   डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

मुख्य समाचार


रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का

काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताए

अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रहरु औपचारिक नबन्दासम्म उत्पादकत्व वृद्धि, राजश्व संकलन, लगानीमैत्री वातावरण बन्न कठिन हुने बताएका हुन् । उनका अनुसार अहिले पनि

वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद शेर्पा

काठमाडौँ। राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए । उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा

साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्छः कुलपति राई

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् । मंगलवार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको बताए । अब विस्तारै पत्रपत्रिका

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद यादवले आपत्ति जनाएकी हुन् । अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन । उनका

सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी

काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन् । उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने

चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिएका हुन् । रास्वपा सरकारमा जाँदा समेत काँग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको उनको आरोप छ । उनले रास्वपाले देश निर्माणको

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गर्‍योः एकीकृत समाजवादी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पती विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा

काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरे । उनले पुँजीगत खर्च हुन नसकेको र

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताए । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताए

सम्वन्धित समाचारहरु