Trending
>>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

मुख्य समाचार


कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताएका छन् । शुक्रवार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकको

नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराएका छन् । नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिएका छन् ।त्यसैगरी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर

प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य बालन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा २०८२ साल चैत १३ गते शुक्रबार उक्त निर्णय गरिएको उल्लेख गरिएको छ। नवनियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेबाट प्रश्तावित यी दुवै एजेण्डाहरू केन्द्रिय समितिबाट पारित भएका प्रवक्ता मनिष झाले

जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका छन् । उनले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताएका

जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मानेका छन् । जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उनले बताए । उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले

प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले नयाँ बन्ने सरकारलाई प्रश्न गरेर सहयोग गर्ने बताएका छन्  । उनले आलोचनाले पनि सरकारलाई सहयोग हुने बताए । स्वच्छ आलोचनाले सरकारलाई सही ट्रयाकमा

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । महिला तथा मानव अधिकारकर्मीहरुले बिहीवार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ

सम्वन्धित समाचारहरु