वीरगञ्ज (पर्सा)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति, कार्यक्रम
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएकाे छलफल स्थगित भएको छ। संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए। प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ। बैठक भोलि शनिबार बिहान बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ । इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको
काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताउनुभएको हो ।
इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताउनुभएको छ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो
काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिए । यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि
काठमाडाैं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूको आग्रहमा २ बजेसम्मका लागि सारिएको हो।संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्। सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहँदा संसद् अवरुद्ध हुँदै