Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

एमालेबाट मन्त्री को को ?


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् ।ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ । पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ ।

स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् । सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेतामध्ये गुरुङ, भट्टराई र विश्कर्मालाई मन्त्री बन्ने सूचीमा परेका हुन् ।

यस्तै पूर्वमन्त्रीहरु जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा छन् । महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए । कास्कीकी विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीको तयारी रहेको एमाले स्रोतले जनाएको छ ।


प्रकाशित मिति: ३० असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?