Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

एमालेबाट मन्त्री को को ?


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आफूसँगै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन् ।ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ । पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का भइसकेको छ ।

स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरु योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन् । सचिवालय बैठकले योग्य र अनुभवीलाई मन्त्री बनाउने मापदण्ड बनाएकाले सिनियर नेतामध्ये गुरुङ, भट्टराई र विश्कर्मालाई मन्त्री बन्ने सूचीमा परेका हुन् ।

यस्तै पूर्वमन्त्रीहरु जुली महतो र कृष्णगोपाल श्रेष्ठ पनि मन्त्री बन्ने नेताहरुको सूचीमा छन् । महतो र श्रेष्ठ यसअघि अघिल्लो कार्यकालमा ओली प्रधानमन्त्री हुँदा पनि मन्त्री थिए । कास्कीकी विद्या भट्टराईलाई मन्त्री बनाउने ओलीको तयारी रहेको एमाले स्रोतले जनाएको छ ।


प्रकाशित मिति: ३० असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?