Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

साना दल पनि सरकारमा आउने भएपछि कसलाई कति मन्त्रालय ?


काठमाडौं । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले भने, ‘छलफल चलिरहेको छ। साँझसम्ममा सबै टुंगिन्छ। हामी सरकारको दायरा फराकिला बनाउने प्रयास गर्दैछौ। कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा टुंगिन्छ।’

साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको उनले बताए।जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ।

उनले भने, ‘२१ ओटा मन्त्रालयमा अहिले १७ मन्त्री बनाउने सहमति भइसकेको छ। साना दललाई चार मन्त्रालय राख्ने भन्ने छ।’कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक-एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइन्छ।


प्रकाशित मिति: ३० असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?