Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

मुख्य समाचार


कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका छन् । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने !

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले कुनै पनि कदम नचाल्ने बताइएको छ। स्रोतका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको समीकरणबारे छलफल हुने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न सुझाव,एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिने तयारी संगै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको बताइएको छ। प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। सत्ता फेरबदलको तयारीपछि रास्वपाले अबको रणनीति स्वरूप बैठक बोलाएको हो। सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र काँग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

देउवा निवासमा पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दै छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी

के के छ कांग्रेस -एमाले समझदारीको प्रारम्भिक मस्यौदामा ?

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदा १, एमाले अध्यक्ष के पी ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

काठमाडौँ। `प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज उद्घाटन गरेका छन् । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन

सम्वन्धित समाचारहरु