Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैनः नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताएका छन् । उनले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेकोबताउदै उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ । नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ । राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त ? भन्नेकुरा छ । एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’

उनले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?