Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैनः नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताएका छन् । उनले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेकोबताउदै उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ । नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ । राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त ? भन्नेकुरा छ । एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’

उनले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?