Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मुख्य समाचार


कसैकाे आदेश कुर्नु पर्दैन, ऐन पल्टाउनुस् देखाइदिनुस् कानुनी राज्य के हो?

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपस्थिति देखाउन देशभर कार्यरत प्रहरीहरूलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत आज बिहान अपिल जारी गरेका लामिछानेले अपराध नियन्त्रण र कानुनी राज्यको प्रत्याभूतिका लागि कसैको आदेश नकुर्न र ऐन–कानुनअनुसार अधिकार प्रयोग गर्न अपिल गरेका हुन्। देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज: माओवादीका दाहाल र कांग्रेसका शर्मा उम्मेदवार,कस्काे पक्षमा कति?

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुदै

काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयनको निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले

रास्वपाले प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम- २ मा प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा भाग लिने र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बैठकमा सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी मन्त्रीहरूलाई सहयोग गर्न र ऎतिहासिक अवसरलाइ सफल बनाउन हरसम्भव आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

गण्डकी,मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । सरकारले गण्डकी ,मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूको पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले गण्डकीमा डिल्लीराज भट्ट ,मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखका रूपमा सिफारिस

रायसहित पूँजी बजार सुधार्न सात दिनभित्र कार्ययोजना पेश गर्न अर्थकाे निर्देशन

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सरोकारवालाको रायसहित पूँजी बजार सुधार्ने गरी सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशनात्क आग्रह गरेको छ । अर्थमन्त्री वर्षमान पुन नियुक्त भए लगत्तै पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तार र लगानीकर्ताको अधिकारको निमित्त काम गर्ने बताएका थिए ।

कांग्रेसकाे ह्विप-‘प्रचण्डलाई विश्वासको मत नदिनु’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।

अधिकृत तथा क्याडेटहरूकाे शीतल निवासमा शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाली सेनाको निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन आएको भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका National Cadet Corps का डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले राष्ट्रपति भवन शीतल निवासमा सोमबार शिष्टाचार भेट गरेका छन् ।

प्रहरीले अनुसन्धान गर्नुपर्ने गरी भएकाे के थियाे राप्रपा बैठकमा? (भिडियाेसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला एक नेता कुटिएका छन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि राप्रपा केन्द्रीय कार्यालयमा कुटपिट भएको हो । कार्यसम्पादन समितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रममा नेता श्रेष्ठले उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि विवाद भएको नेताहरूले बताएका छन् । भ्रष्टाचारी भनेपछि विवाद बढेको र

नेपालमै पहिलो लिफ्टसहितकाे आकासे पुल निर्माण सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

सम्वन्धित समाचारहरु