काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुमा जम्मा भएको प्रिमियम रकम विकास निर्माणमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बीमा कम्पनीहरुले बीमा प्रिमियममार्फत उठाएरको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको एकाइ प्रमुख डाक्टर अनुप बास्तोलाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय
काठमाडौँ । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ । नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताएका छन् । बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै महासचिव शंकर पोखरेलले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरेका
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बीचको क्षेत्राधिकार विवाद समाधान भइसकेको दाबी गरेकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेकी छिन् । विगत लामो समयदेखि चिकित्सा शिक्षा
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताएका छन् । आज एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा शुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बौल्दै सांसदहरुले यस्तो माग राखेका हुन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्याउन बीमा साक्षरता अभियानलाई तिब्र
काठमाडौँ। जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार