Trending
>>   भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके:निर्माण व्यवसायी महासंघ >>   दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक >>   राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी >>   प्रधानमन्त्री ओली र सभापति देउवा राप्रपा नेपालको चियापनमा सहभागी >>   एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न >>   देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः माधवकुमार नेपाल >>   बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छुः कमल थापा >>   संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे >>   नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे >>   मनाइयो पृथ्वीजयन्ती (तस्बिरहरु)
Logo
२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

मुख्य समाचार


शिक्षा सुधारको माग गर्दै नेविसंघले मन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं। नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघका नेता कार्यकर्ताहरू सिंहदरवार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न

उच्च अदालतका १६ न्यायाधीशको सरुवा (नामावलीसहित):-

काठमाडौं। उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा गरेको हो ।  

राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा

काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चबापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सो रकम जिल्लाप्रशासन कार्यालयलाई दिइएको मन्त्रालयले जनाएको छ

कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको छ: विकासमन्त्री पोख्रेल

कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेलले कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिम’को उद्घाटन गर्दै उनले कर्णाली प्रदेश खेल क्षेत्रको प्रचुर सम्भावनाको भूमि रहेको बताए । त्यस्तै, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं। भारतीय विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउँदै छन् । विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् भने बिहीबार आएका एस। जयशंकर शुक्रवार भारत फर्किनेछन् ।

इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित १६औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि

पहिले सत्ता गठबन्धनका चार दलबीच छलफल, एमालेसँग पछि

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिए सँगै सत्ता गठबन्धनले पहिले चार दलबीच छलफल गर्ने र लगत्तै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग छलफल गर्ने भएका छन् । त्यस्तै, सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो। सत्ता गठबन्धनका

अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

काठमाडौं। तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो । सो सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौँ । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार

तस्विरमा नेबिसंघकाे ‘रिभाइभ टियु’ अभियान (फाेटाे फिचर)

काठमाडाैं। नेपाल बिध्यार्थी संघ केन्द्रीय समितिले पछिल्ला दिनहरुमा त्रिभुवन बिश्वबिद्धालय सुधार अभियान 'रिभाइभ टियु'संचालन गरेको छ। समितिले १२ पुसबाट सवै जिल्ला कार्यसमिती, क्याम्पस इकाई समिति तथा स्वबियु समितिहरुलाई जारी गरेको परिपत्र बमोजिम बिश्वबिद्धालयमा राजनितिक भागबन्डाको अन्त्य गरि स्वच्छ प्रतिस्पर्धा बाट मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी तत्काल नियुक्त गर्न, प्रधानमन्त्री कुलपति

सम्वन्धित समाचारहरु