काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् । सोमवार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताए ।
काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न पहिरसहित
काठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले उहाँको परिवार र अमेरिकी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका छन् । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका हुन् । उनले न्युज एजेन्सी नेपालसँग कुराकानीमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर
काठमाडौँ । देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महशुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई / तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् । कस्तो लक्षण देखिए
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । तमु (गुरूङ) समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले जातीय पहिचान र मौलिक सभ्यताका
काठमाडौँ । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएका छन् । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताए । उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप,