Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित छन्:प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताएका हुन् । उनकाअनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ उहाँले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताएका छन् । उनले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उनले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ छ । उनले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताएका छन् । उनले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताएका छन् ।

उनले भने, ‘केहीबेर अघिसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिसकेका छौँ । ३ हजार ९ सय १६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १ सय ८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरु लागिरहनुभएको छ । हामीले काठमाडौंबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारको लागि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । साथै प्रभावित क्षेत्रमा कुनैपनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामको लागि विभिन्न माध्यमबाट सूचना प्रवाह समेत भइरहेको छ ।’

उनले बाढीमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको साथमा सरकार रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?