Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु


काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ ।

देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका अस्पतालहरूमा कुल ६ सय शव मात्र राख्न सक्ने क्षमता रहेको छ । हालसम्म एक हजार शव संकलन भइसकेको र अझै चार हजार भन्दा बढी मानिस सम्पर्कविहीन रहेकाले शवगृहले भार थाम्न नसक्ने अवस्था सिर्जना भएको हो । गत भदौ १० गते आएको बाढीको तेस्रो दिनमै शवगृहहरू भरिएपछि करिडोर क्षेत्रमै शवहरू कुहिने जोखिम बढेको थियो ।यसअघि फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रमा संकलन भएका र पहिचान खुल्न नसकेका शवहरू चितवनमा व्यवस्थापन गरिएको थियो। हाल संकलित अन्य शवहरूलाई चितवन, कास्की र काठमाडौंका तोकिएका सरकारी वन क्षेत्रमा गाड्ने तयारी गरिएको छ । सनाखत भइसकेका शवहरूलाई भने कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवार वा आफन्तको जिम्मा लगाइएको छ ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ


प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?