Trending
>>   तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी >>   अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति ? >>   महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ ११ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः सिके राउत >>   आज पनि रवि लामिछाने निकिताकै जिम्मामा ! >>   दिनेश त्रिपाठीले आचरणविपरीत काम गरेः न्यायाधीश समाज >>   जाला कांग्रेस सांसद गुरुङको सांसद पद? निलम्बन फुकुवाको फैसला पुनरावलोकनकाे बाटाेमा ! >>   देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती !
Logo
११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

मुख्य समाचार


प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्।सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्। पदभार सम्हाल्नुअघि ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन्।

एक महिनापछि सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं: स्वास्थ्यमन्त्री

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् । ‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक

अर्थमन्त्रीको पहिलो निर्णय : वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ। विकास वित्तको विकल्पका

गृहमन्त्री लेखककाे पहिलो निर्णयः सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ : केपी शर्मा ओली, प्रधानमन्त्री, प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास। विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना

शेखर समूहले टुंग्यायो मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मन्त्रीहरुमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री।, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने

काठमाडौँ । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले सोमबार बिहान बसेको बैठकले प्रदीप यादवलाइ खानेपानी मन्त्रि र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनमा लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् । लोसपाको संसदमा चार सांसद छन् ।

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बस्नेछ ।भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ

नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सपथ आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा संविधानको धारा ७६(२)

सम्वन्धित समाचारहरु