Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैनः मन्त्री खड्का


काठमाडौँ। राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।

सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो । आईतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए । कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताए । बाँध र विद्युत गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्शान हुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको बताएका छन् । काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने बताए । उनले निमित्त प्रमुखको भरमा आायेजना सञ्चालन भइरहेको भएपनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने बताएका छन् ।

फाउण्डेशन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउण्डेशन तयार भएको अवस्था रहेको बताएका छन् । खर्च पनि भइसकेको र ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको बताए । बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र मेटेरियल लैजान नसकेको ठेकेदारले गुनासो गरेको बताएका छन् । ठेकेदारले समय थप मागेको र काम पूरा गर्ने प्रतिवद्धता जनाएको एवं बंैकहरुले पनि थप ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको बताए । ठेक्का तत्काल तोड्दा ३९ प्रतिशत बिलोमा ठेक्का लिएको र अर्को १५ देखि २० प्रतिशत थप नगरी अहिलेको समयलाई मेल नखाने र अब भइरहेको आयोजनामा ५० देखि ६० प्रतिशत थपेर ठेक्का लगाउन नसकिने स्थिति रहेको बताए । सबै ठेक्काको प्रक्रिया हेर्दा एक वर्षमा अर्को ठेक्का लाग्न नसकेको अवस्था रहेको स्थिति रहेको बताए ।

मन्त्री खड्काले निर्माण कम्पनीसँग थप गर्नुपर्ने समय र वर्क सेड्युल मागेको बताए ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?