Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैनः मन्त्री खड्का


काठमाडौँ। राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।

सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो । आईतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए । कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताए । बाँध र विद्युत गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्शान हुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको बताएका छन् । काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने बताए । उनले निमित्त प्रमुखको भरमा आायेजना सञ्चालन भइरहेको भएपनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने बताएका छन् ।

फाउण्डेशन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउण्डेशन तयार भएको अवस्था रहेको बताएका छन् । खर्च पनि भइसकेको र ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको बताए । बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र मेटेरियल लैजान नसकेको ठेकेदारले गुनासो गरेको बताएका छन् । ठेकेदारले समय थप मागेको र काम पूरा गर्ने प्रतिवद्धता जनाएको एवं बंैकहरुले पनि थप ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको बताए । ठेक्का तत्काल तोड्दा ३९ प्रतिशत बिलोमा ठेक्का लिएको र अर्को १५ देखि २० प्रतिशत थप नगरी अहिलेको समयलाई मेल नखाने र अब भइरहेको आयोजनामा ५० देखि ६० प्रतिशत थपेर ठेक्का लगाउन नसकिने स्थिति रहेको बताए । सबै ठेक्काको प्रक्रिया हेर्दा एक वर्षमा अर्को ठेक्का लाग्न नसकेको अवस्था रहेको स्थिति रहेको बताए ।

मन्त्री खड्काले निर्माण कम्पनीसँग थप गर्नुपर्ने समय र वर्क सेड्युल मागेको बताए ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?