Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

१ प्रतिशत शेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रश्ताव व्यवहारिक छैन : सांसद केसी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजन केसीले बाफियामा बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत शेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रश्ताव व्यवहारिक नभएको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले लगानीको सीमा २ प्रतिशत बनाउनुपर्ने बताए । उनका अनुसार बाफियाले अर्थतन्त्रलाई चलायमान गर्ने गरी नियमनलाई प्राथमिकता दिनुपर्छ । आफू निर्देशक भएको बैंकबाट ऋण लिन नपाउने व्यवस्था अहिले नरहेको बताए ।

सांसद केसीले भने–‘आफू डाइरेक्टर भएको बैंकबाट ऋण लिन नपाउने अहिले व्यवस्था नै छ । तर कुनैपनि बैंकबाट ऋण लिन नपाउने व्यवस्था राखिनु हुँदैन । धेरै कडाइ गरिँदा झन् समस्या आउन सक्छ । अर्थतन्त्र चलायमान छैन । निजी क्षेत्र प्रभावित हुने व्यवस्थाहरु राखिनु हुँदैन ।’

उनका अनुसार बैंकहरु अर्थतन्त्र चलायमान गर्ने रहेकाले यो सम्बन्धि कानून बनाउँदा विशेष ख्याल गरिनुपर्छ ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?