Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

१ प्रतिशत शेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रश्ताव व्यवहारिक छैन : सांसद केसी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजन केसीले बाफियामा बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत शेयर भएको व्यक्तिले समग्र बैंकिङ प्रणालीबाटै कर्जा लिन नपाउने प्रश्ताव व्यवहारिक नभएको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले लगानीको सीमा २ प्रतिशत बनाउनुपर्ने बताए । उनका अनुसार बाफियाले अर्थतन्त्रलाई चलायमान गर्ने गरी नियमनलाई प्राथमिकता दिनुपर्छ । आफू निर्देशक भएको बैंकबाट ऋण लिन नपाउने व्यवस्था अहिले नरहेको बताए ।

सांसद केसीले भने–‘आफू डाइरेक्टर भएको बैंकबाट ऋण लिन नपाउने अहिले व्यवस्था नै छ । तर कुनैपनि बैंकबाट ऋण लिन नपाउने व्यवस्था राखिनु हुँदैन । धेरै कडाइ गरिँदा झन् समस्या आउन सक्छ । अर्थतन्त्र चलायमान छैन । निजी क्षेत्र प्रभावित हुने व्यवस्थाहरु राखिनु हुँदैन ।’

उनका अनुसार बैंकहरु अर्थतन्त्र चलायमान गर्ने रहेकाले यो सम्बन्धि कानून बनाउँदा विशेष ख्याल गरिनुपर्छ ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?