Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

पूर्वराष्ट्रपति भण्डारी पार्टीमा अध्यक्ष ओलीकै निर्देशन र सहमतिअनुसार अघि बढ्नुहुन्छः सचिव महासेठ


काठमाडौँ। नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने बताएका छन् ।

आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताए । कार्यकर्ताहरु कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको बताए । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमति र प्रश्तावमा आउने दाबी गरे । संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन नभनेको र पार्टीको विधानले पनि कुनै बन्देज नगरेको बताएका छन् । भण्डारी सक्रिय राजनीतिमा आउनेबारे सचिवालयमा पनि छलफल भएको र संविधानले बन्देज नलगाएको कुरामा पार्टीले सकारात्मक रुपमा नै लिएको बताए । पार्टीको सदस्यता नविकरण गरेर भण्डारीले पार्टीमा कुनै अन्तरविरोध सिर्जना नगर्नुभएको बरु केही पार्टीकै नेताहरुले अन्तरविरोध सिर्जना गर्ने काम गरेको बताएका छन् । पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताएका छन् ।

उनले भने, ‘नेकपा एमालेको आन्तरिक जीवनका बारेमा कुरा आयो । नेकपा एमालेभित्र देशका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी जब सक्रिय राजनीतिमा आउने भन्नुभयो । उहाँले अहिलेसम्म रिन्यु मात्रै गर्नुभएको छ । तर कसरी अघि बढ्ने केही कुरा गर्नुभएको छैन । तर अहिले जुन प्रकारले बजार हल्ला छ, अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट गरिरहेको छ । दिनहुँ मिडियामा कित्ताकाटका समाचारहरु आइरहेका छन् । त्यसमा कुनैपनि सत्यता छैन । हामीमा कुनै अन्तरविरोध छैन । यदी उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रश्तावमा उहाँ आउनुहुन्छ । स्वभाविक छ, पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो । हाम्रो संविधानले पूर्वराष्ट्रपतिहरु सक्रिय राजनीतिमा आउनु हुँदैन,त्यस्तो कुनै बन्देज गरेको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । हाम्रो सचिवालयमा पनि यसमा छलफल भएकै हो । यदी उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने ? किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन । कुनै दफा, उपदफा छैन की । उहाँहरुको व्यक्तिगत विषय हो । उहाँले राजनीति गर्छु भनेर पार्टी सदस्यता रिन्यु गर्नुभएको छ । तर उहाँले पार्टीभित्र अन्तरविरोध बढाउने काम गर्नुभएको छैन । हाम्रा पार्टीका एक दुई जना साथीहरुले अन्तरविरोध बढाउने काम गरिरहनुभएको छ । त्यो पनि राम्रो होइन । पूर्वराष्ट्रपतिलाई जुन प्रकारले विवादमा ल्याउन खोजिरहनुभएको छ, त्यो पनि राम्रो कुरा होइन ।’

सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताए । एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराएका छन् ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?