Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

बैंकहरुको अनुगमन त्रैमासिक रुपमा अनिवार्य गरौँः सांसद कार्की


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले बैंकहरुको अनुगमन त्रैमासिक रुपमा अनिवार्य गर्नेगरी कानूनमै व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

आईतवार अर्थसमितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिदै उनले यस्तो बताएकी हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरुको अनुगमनको समयावधि विधेयकमा ६ महिनामा १ पटक राखिएकोमा त्यसलाई घटाएर अनुगमनको अन्तराल त्रैमासिक गर्नुपर्ने बताईन् । उनका अनुसार बैंकको सञ्चालक बन्न स्नातक पास राखिएको छ । त्यसलाई हटाएर योग्य व्यक्ति राखिनुपर्ने बताईन् । सांसद कार्कीका अनुसार कानून बनाउने गरेपनि कार्यान्वयन प्रभावकारी हुने गरेका छैनन् । त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ । सांसद कार्कीले पछिल्लो समय राजश्व संकलन घट्ने, बेरुजु बढ्ने गरेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

सांसद कार्कीले भनिन ‘बैंक तथा वित्तीय संस्थाहरुको अनुगमनको समयावधि ६ महिनामा १ पटक भन्ने प्रश्ताव गरिएको रहेको यसलाई घटाएर अनुगमनको अन्तराल त्रैमासिक गर्नुपर्छ । यसले जोखिम कम गराउछ । बैंर्कर र व्यवसायी छुट्टाउनु स्वागतयोग्य हो । विकाशिल मुलुकमा स्वार्थको द्वन्द्व निम्तन नदिन यो व्यवस्था राखिने गरिएको छ ।’

उनका अनुसार वाफिया विधेयकमा बैंकसँग नजिक भएकालाई ऋण नदिनेबारे स्पष्ट पारिनुपर्छ ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?