Trending
>>   अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप >>   साउदी युवराजले जेलेन्स्कीलाई भेटे >>   प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची >>   कास्कीमा भूकम्पको धक्का >>   दुई संसदीय समितिको बैठक बस्दै >>   यी तीन प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >>   राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन >>   हामी जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं: प्रधानमन्त्री >>   सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयोः माओवादी केन्द्र >>   लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

मुख्य समाचार


संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर

समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधिन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभा समक्ष पेश गर्न

सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण होः झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश पनि  भएको टिप्पणी गरेका छन् । मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक यथाशीघ्र नदिए कडा आन्दोलनमा उत्रने महासंघ एसोसिएट प्रदेशको चेतावनी !

काठमाडौं। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ

काठमाडौं। नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको

आगामी बजेट निर्माणका लागि मार्गदर्शन तयार

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थमन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो मार्गदर्शन तयार गर्दै जारी समेत गरेको हो । स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि बिस्तार गर्नुपर्ने आवश्यकतालाई

‘श्रमिक आन्दोलनमाथि ‘कू’ को प्रयास भइरहेको छ’

काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिंखडाले ट्रेड युनियन आन्दोलन कू हुने प्रक्रियामा रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई मन्त्रालयमा सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को तर्फबाट ज्ञापन पत्र बुझाउँदै उनले नेपालका श्रमिकहरुको मुद्दा र श्रमिकहरु नै ओझेलमा

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा

अर्को देशको कानून प्रभावित हुनेगरी पानीजहाज सम्बन्धी कानून निर्माण गर्न सकिँदैनः पूर्वअध्यक्ष पौडेल

काठमाडौँ। नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून बनाउँदा अन्य मुलुकको कानून प्रभावित नहुने गरी बनाउन सुझाव दिएका छन्  । सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष पौडेलले यस्तो सुझाव दिएका हुन् । उनले पानीजहाज सञ्चालनका लागि अर्को मुलुकको अभ्यास अवलम्बन गर्ने

नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरीः उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् । सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सबै मित्रराष्ट्रहरुसँग मित्रवत दुई पक्षिय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरुमा

सम्वन्धित समाचारहरु