Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मुख्य समाचार


माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्  ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज सवा १२ बजे बस्नेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छन् ।

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, यो अझ धेरै सुध्रनेछ, बीमा ५ लाख पुग्छ पुग्छ: स्वास्थ्य मन्त्री

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।‘संघीय अस्पतालको

पार्टीको राम्रो कामबारे फेसबुकमा लेख्न कांग्रेसीलाइ किन गाह्रो ?

तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरुणहरु यसप्रति अभ्यस्त नभएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने, हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार

मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थको निरीक्षण अनुगमन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी काठमाडौं प्रवेश गर्ने नाकामा खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ । काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमश मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परिक्षण गरेको छ।

सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतले गरे तेश्रो पटक पत्राचार

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको

राष्ट्रपति पौडेल ‘कोप–२९’ मा भाग लिन अजरबैजान प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गरेका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७

राष्ट्रपति द्वारा अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम लोकदर्शन रेग्मीलाई अमेरिका  र प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीनको  राजदूत नियुक्त गरेका हुन । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

मानव तस्करीमा मुछिएका सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा

सम्वन्धित समाचारहरु