काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् । मंगलवार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर
काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानविन गर्न माग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानविन
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका छन् । उनले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका
काठमाडौं। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी रहेको गुनासो गरेका छन् । मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उनले यस्तो बताएका हुन् । नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । मंगलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुनःस्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गरएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै सो क्रममा विश्वका विभिन्न मुलुकका
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बाढीबाट भएको क्षतिको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गरेका हुन् । अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णतः डुबेको
काठमाडौं। ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् । खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । ललितपुर महानगरपालिका