Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर


पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छिन् ।

पूर्वाधारमन्त्री सुनिल लम्सलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताएकी छिन् । अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोला लगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना आज बिहानै ८ बजे मन्त्री लम्सललाई भेट्न मन्त्रालय पुगेकी थिइन् । विशेषगरी कोशी र कर्णाली प्रदेशमा पुल भत्किएर सवारी साधन तथा बिरामीहरू मारमा परेको उल्लेख गर्दै उनले ती क्षेत्रमा तत्काल पहुँच पुनस्र्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन् । विगतमा प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रचलन रहेको भन्दै सांसद रानाले यस पटकको योजनामा त्यस्तो विभेद नदेखेको दाबी गरेकी छिन् ।

उनले भनिन्, ‘मन्त्रीज्यूले आफ्नै क्षेत्रलाई समेत प्राथमिकतामा नराखी दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाउनुभएको रहेछ । मेरो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि उहाँको यो वृहत योजना देखेर म प्रभावित भएकी छु । कनेक्टिभिटी नै देश विकासको मेरुदण्ड हो । यसले हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र राजश्व वृद्धिमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।’

मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पुर्याउने लक्ष्य राखेको उनले जानकारी दिइन् । यस्तै, सहरी क्षेत्रका पालिकाहरूमा १०० करोडभन्दा बढीको बजेट व्यवस्था र व्यवस्थित बस्ती विकासका योजनाहरू समेत समावेश गरिएको उनले बताइन् ।


प्रकाशित मिति: ३० असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?