Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सबै शक्ति अर्थ मन्त्रालयमा थुप्रियो : एमाले सांसद कँडेल


काठमाडौँ।नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भुमिका र प्रभावकारिता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै आयोगका पूर्वउपाध्यक्ष समेत रहेका कँडेलले योजना आयोगको गरिमा घट्दै गएको र राज्यका शक्तिहरू अर्थ मन्त्रालयमा मात्र केन्द्रित भएको बताएका छन् । सांसद कँडेलले राष्ट्रिय योजना आयोगलाई रामायणको पात्र पर्शुरामसँग तुलना गर्दै हिजोको शक्ति र सामथ्र्य अहिले बाँकी नरहेको टिप्पणी गरेका छन् । संस्थागत संरचनाका बारेमा टिप्पणी गर्दै कँडेलले तथ्यांक कार्यालयलाई योजना आयोगकै अंगका रूपमा राख्ने तयारी भएपनि ऐन निर्माणका क्रममा प्रधानमन्त्री कार्यालय मातहत पु¥याइएकोमा असन्तुष्टि जनाएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र तथ्यांक कार्यालयलाई योजना आयोग मातहत ल्याउनसके मात्र आयोगको गरिमा बढ्ने र अनुसन्धानका कार्यहरू प्रभावकारी हुने उनको तर्क छ । संघ र प्रदेश तहका योजना आयोगहरूबीच आवश्यक समन्वयकारी संयन्त्रको अभाव रहेको समेत उहाँले उल्लेख गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त गति र अन्योलका बारेमा चर्चा गर्दै उहाँले मध्यपहाडी लोकमार्गको धादिङ खण्डको उदाहरण दिएका छन् । बुढीगण्डकी आयोजनाका कारण उक्त खण्डको निर्माण कार्य रोकिएको र ऊर्जा मन्त्रालयको समन्वय अभावमा काम अघि बढ्न नसकेको उनले बताएका छन् । यस्तै, लुम्बिनी विकास कोषको काम पाँच वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको, काठमाडौं मेट्रो र पूर्व–पश्चिम रेलमार्गको प्रगति न्युन रहेको तथा गल्छी–स्याफ्रुबेसी सडक खण्डको काम ठेकेदारका कारण अलपत्र परेको उहाँले औंल्याएका छन् ।

उनले भने, ‘विगतमा योजना आयोगले अर्थ मन्त्रालयलाई मार्गनिर्देश गर्ने र सोही आधारमा मन्त्रालय चल्ने प्रचलन थियो । तर अहिले सबै शक्ति अर्थ मन्त्रालयमा सरेको छ । अर्थ मन्त्रालय, राष्ट्र बैंक र योजना आयोगबीच जुन सन्तुलन (चेक एण्ड ब्यालेन्स) हुनुपर्ने हो, त्यो अहिले खस्किएको छ ।’

सांसद कँडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा गम्भीर त्रुटी रहेको दाबी गरेका छन् । प्रोजेक्ट बैंकमा रहेका योजनाहरूभन्दा बाहिरका ५ देखि १५ लाख रुपैयाँका हजारौँ टुक्रे आयोजनाहरूमा बजेट छर्ने प्रवृत्तिले गर्दा एकातिर पुँजीगत खर्च हुन नसकेको र अर्कोतिर विकासको ठोस नतिजा नदेखिएको उनको ठहर छ । आयोजनाहरूको प्राथमिकीकरण नहुँदा र अर्थ मन्त्रालयमा मात्र अधिकार केन्द्रित हुँदा विकास निर्माणका काममा बाधा पुगेको कँडेलले बताएका छन् ।


प्रकाशित मिति: २९ असार २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?