सल्लेरी,सोलुखुम्बु। पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी
काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ । त्यस्तै, वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो । स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर
काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । सो महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । उक्त परियोजना अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो । कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७
काठमाडौं। रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ । उक्त जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना सर्केर मृत्यु भएको हो । उक्त नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो
मन्थली,रामेछाप। जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौं सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन् । उक्त जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो । त्यसैगरी, रामेछाप–काठमाडौं सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस
राँझा,बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा
काठमाडौं । आउँदो शनिवार (फागुन ५ गते शनिवार) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो । कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका
उदयपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन्। आज बिहान सो क्षेत्रको निरीक्षणपछि उहाँले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए । “विमानस्थल निर्माणका लागि रु पाँच करोड बजेट बिनियोजन
ललितपुर। ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडौंमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो । उक्त फर्ममा जैविक सुरक्षाका विधिहरू
इलाम। सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईँलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उनको समस्या नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइयो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण भएकी सुजता ‘नगरको इच्छा छोरी-बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन्