चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेश गरेको छ । सोमबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेश गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताए । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने छ ।
प्रकाशित मिति: १० असार २०८१, सोमबार