Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैनः उपप्रमुख डंगोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छिन्  ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरेकी छिन । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् । उनले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताएकी छिन ।
उनले भनिन् , ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन । त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुशी हुने पर्व हो । यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ ।’

उनले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन्  ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?