Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैनः उपप्रमुख डंगोल


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छिन्  ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गरेकी छिन । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् । उनले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताएकी छिन ।
उनले भनिन् , ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन । त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुशी हुने पर्व हो । यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ ।’

उनले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन्  ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?