Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले यस किसिमको काम गर्न लागेको महानगरको वातावरण विभागले जानकारी दिएको छ ।

महानगर वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल बनाउने काम यसअघि बाट नै सुरु गरिएको भए पनि केन्द्र निर्माण काम भएको थिएन, केन्द्र निर्माणका लागि भने अहिले ‘डिजाइन’को तयारी भइरहेको छ । उत्पादित मललाई बञ्चरेडाँडा आसपासमा महानगरले वृक्षरोपण गरेको रूख बिरुवामा राख्ने र बढी भएको मल स्थानीयलाई दिने तयारी छ ।

महानगरले एक वर्षअघिदेखि टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिसकेको छ । यसका लागि महानगरले ३२ वटै वडालाई र बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने अन्य स्थानीय तहलाई पनि स्रोतमा नै कुहिने र नकुहिने फरक–फरक भाँडोमा फोहर राखेर सोही अनुसार अन्तिम व्यवस्थापन गर्न आग्रह गरेको छ ।


प्रकाशित मिति: २२ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?