Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

शंकरापुरमा मेयर नापितकाे स्वेचछाचारीताः नगरसभा पूर्वनै माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि विवाद !


काठमाडौं । शंकरापुर नगरपालिकामा राप्रपाबाट निर्वाचित मेयर रमेश नापित स्वेचछाचारी ढँगले अघि बढ्न खोजेका छन् । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोजेपछि विवाद भएको छ । मेयर नापितले उपमेयर सहित बहुसँख्यक वडा जितेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नगरसभामा बोल्न नदिएर निरंकुशता लादेका छन् ।नगरपालिकाको उपप्रमुख र नगरसभा सदस्यलाई नै प्रवेश निषेध गरेर मेयर नापितले स्वेच्छाचारिकता देखाएका हुन् ।

नगरसभामा अघिल्लो आर्थीक वर्षको समिक्षा र आउँदो आर्थीक वर्षको योजनाबारे छलफल मा सहभागि हुनुपर्ने बहुसँख्यक सदस्यले नै नगरसभामा प्रवेश पाएनन् । पञ्चायतमा दादागिरी चलाएको राप्रपाले शंकरापुर नगरपालिकामा त्यस्तै हर्कत दोहोर्याएको भन्दै आलोचना भएको छ ।

उप–प्रमुख समिता श्रेष्ठ सहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नगरसभामा प्रवेश नदिइकनै आर्थीक वर्ष २०८०्८१ को कार्यक्रमको बिवेचना र र २०८१्८२ को योजनामा कुनै पनि छलफल नगरी मेयर एकलौटी ढँगले अघि बढेपछि विवाद चर्किएको छ । तानाशाही, एकलौटी स्वइच्छाचारी ढंगले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको घेराभित्र बसेर नगरसभा गरिएको भन्दै उपमेयरसहितले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।

‘यस्तो निन्दनिय कार्यको सभा स्थलमा हामी नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिले नगर सभामा प्रवेश गरेर छलफलमा सहभागी भएर मात्र निर्णय माइन्युटमा हस्ताक्षर गर्ने अडान लिएपछि शंखरापुर नगरपालिकाका उप–प्रमुख समिता श्रेष्ठ सहित नेपाली कांग्रेसबाट निर्वाचित तल हस्ताक्षर गरिएका जनप्रतिनिधिहरुलाई नगरसभामा प्रवेश नदिइकनै आ।ब। २०८०्८१ को कार्यक्रमको बिवेचना र छलफल एवम् आ।ब २०८१/८२ को योजनामा कुनै पनि छलफल नगरी तानाशाही, एकलौटी स्वइच्छाचारी ढंगले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको घेराभित्र बसेर नगरसभा गरिएको प्रति हामी नगर सभा सदस्य घोर भत्सर्ना गर्दछौं ,’ विज्ञप्तिमा भनिएको छ । काठमाडौं क्षेत्र नम्वर २ कांग्रेसका सभापती कविर शर्माले शंकरापुरमा भएको आजको घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको बताए ।

अलोकतान्त्रिक र स्वेच्छााचारी गतिविधिविरूद्द कांग्रेसबाट निर्वाचित उपप्रमुखसहितका जनप्रतिनिधिले गरेको विद्रोहलाई क्षेत्रीय समितिले साथ दिने भन्दै गलत कार्यको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिए । शंकरापुर नगरसभापति दिलिप श्रेष्ठले पनि मेयरको स्वेच्छाचारितामा मौन नबस्ने ताए ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?