Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पालिका अपडेट


बागलुङ नगरपालिकाद्वारा बाँझो जग्गामा फलफूल खेती

गलकोट,बागलुङ। बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । उक्त नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो । त्यस्तै, बसाइँसराइलगायतका कारणले

नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी,कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो । त्यस्तै, झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर

वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्दै कामपा

काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ भने कामपाको

तनहुँको म्याग्दे गाउँपालिकाले समुदायमै पुगेर मिर्गौला परीक्षण

दमौली,तनहुँ। नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । त्यस्तै, मिर्गौला बचाउ अभियान राष्ट्रिय कार्यक्रम नेपाल र राष्ट्रिय मिर्गौला केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सूर्य नेपाल प्रालिको

एक महिनामा नेपाल भित्रिए ७९ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै, सरकारले यसपालि गत

ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सुरु

काठमाडौं। ललितपुर महानगरपालिकाले महानगरको मोबाइल एप सुरु गरेको छ। बिहीबार एक कार्यक्रम गरी महानगरप्रमुख चिरिबाबु महर्जनले एलएमसी अलर्ट मोबाइल एपको शुभारम्भ गरेका हुन्। उक्त महानगर क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ। मोबाइल एप विशेषगरी महानगर

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

सिरहा। लहान नगरपालिकाले नगर क्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ भने सो सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन् ।

हतुवागढी गाउँपालिकामा लोकसेवा र शिक्षकसेवाको निःशुल्क तयारी कक्षा

भोजपुर। हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । उक्त गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो । त्यस्तै, लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र

बीमितलाई प्रथम सेवा पाँच वडाबाट

काठमाडौं।  काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति

स्मृतिसभा आयोजना गरी काठमाडौं महानगरले गर्‍यो सालिकमा माल्यार्पण र स्मरण

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड (मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ । सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ

सम्वन्धित समाचारहरु