Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान नौ बजे देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ । कांग्रेस–एमालेले

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन्। ‘राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।संघीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार

कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद: एकीकृत समाजवादी

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुुख प्रमुुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिनुुभएको छ। सोमबार मध्य राती संसदको प्रमुुख प्रतिपक्षि दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूूलो दल नेकपा (एमाले) बीच नयाँ सत्ता समिकरणबारे सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त

बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी

काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो विकसित घटनाक्रम र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । राप्रपाले परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठक आज दिउसो दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको साथ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका छन् । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने !

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले कुनै पनि कदम नचाल्ने बताइएको छ। स्रोतका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

सम्वन्धित समाचारहरु