Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

राजनिति


प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल परेका तीन जना रिहा

१४ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । उनीहरू पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । एक साताअघि प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेपछि पक्राउ परेका बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई सोमबार

मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

१४ चैत्र, काठमाडाैँ । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । मङ्गलबार प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको आकस्मिक  बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । यसअघि मिटरब्याजमा ऋण दिनेहरूलाई कारबाहीका लागि खास कानुन नहुँदा समस्या भएको थियो । अब,

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरू

१४ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर

विराटनगरमा तनाव- प्रहरीले गर्यो १७ राउण्ड हवाइ फायर

१४ चैत्र, विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच भएको झडपमा प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

१४ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको हो । उक्त बैठकमा मिटरव्याजपीडीतको समस्या समाधानका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री प्रचण्ड

१४ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन् । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताए । प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

१४ चैत्र, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् । चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई

मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै

१४ चैत्र, काठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री दाहालले मिटर ब्याज पीडितहरुको

ज्ञानेन्द्र शाही पुगेपछि मिटरब्याजीपीडितले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै लगाए नारा

१४ चैत्र, काठमाडाैँ । मिटरब्याजीपीडितले आज बिहानैदेखि सुरू गरेको प्रदर्शनमा  राप्रपाका सांसद् ज्ञानेन्द्र शाही पुगेका छन् । पीडितहरूको मागमा समर्थन जनाउँदै शाही काठमाडौंको माइतीघरमा पुगेका हुन् । तर, शाही पुगेपछि मिटरब्याजीपीडितले नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । उनीहरूले मिटरब्याजीपीडितको समस्यामा राजनीति नगर्न अनुरोध समेत

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

१४ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उनिहरुबीच महत्वपूर्ण छलफल भएको हो ।

सम्वन्धित समाचारहरु