Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ज्ञानेन्द्र शाही पुगेपछि मिटरब्याजीपीडितले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै लगाए नारा


१४ चैत्र, काठमाडाैँ । मिटरब्याजीपीडितले आज बिहानैदेखि सुरू गरेको प्रदर्शनमा  राप्रपाका सांसद् ज्ञानेन्द्र शाही पुगेका छन् । पीडितहरूको मागमा समर्थन जनाउँदै शाही काठमाडौंको माइतीघरमा पुगेका हुन् ।

तर, शाही पुगेपछि मिटरब्याजीपीडितले नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । उनीहरूले मिटरब्याजीपीडितको समस्यामा राजनीति नगर्न अनुरोध समेत गरेका छन् ।

११ दिन पैदल हिँडेर सोमबार काठमाडाैँ आइपुगेका उनीहरू काठमाडाैँमा प्रदर्शन गरिरहेका छन् ।

मिटरब्याजीलाई कारबाही गर’, ‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’लगायत प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?