Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ज्ञानेन्द्र शाही पुगेपछि मिटरब्याजीपीडितले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै लगाए नारा


१४ चैत्र, काठमाडाैँ । मिटरब्याजीपीडितले आज बिहानैदेखि सुरू गरेको प्रदर्शनमा  राप्रपाका सांसद् ज्ञानेन्द्र शाही पुगेका छन् । पीडितहरूको मागमा समर्थन जनाउँदै शाही काठमाडौंको माइतीघरमा पुगेका हुन् ।

तर, शाही पुगेपछि मिटरब्याजीपीडितले नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । उनीहरूले मिटरब्याजीपीडितको समस्यामा राजनीति नगर्न अनुरोध समेत गरेका छन् ।

११ दिन पैदल हिँडेर सोमबार काठमाडाैँ आइपुगेका उनीहरू काठमाडाैँमा प्रदर्शन गरिरहेका छन् ।

मिटरब्याजीलाई कारबाही गर’, ‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’लगायत प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?