Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता


१४ चैत्र, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् ।

चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए ।

यमन युद्धलाई लिएर इरान र साउदीबीच मनोमालिन्य थियो । लामो समयदेखिका कटु प्रतिद्वन्द्वी इरान र साउदी यमन युद्धलाई लिएर ‘प्रोक्सी’ द्वन्द्वको शृङ्खलामा थिए ।

साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवद्र्धका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गरे ।

साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबका साथै इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठूलो सफलता भनेका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?