Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


विद्यालय तहदेखि नै विपद्सम्बन्धी सचेतना गराउनुपर्छ : प्रमुख कोइराला

५ जेष्ठ ,विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै विपद्का विषयमा जानकारी दिनुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल कङ्कालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद् प्रतिकार्य अभ्यास समारोहलाई आज सम्बोधन गर्दै उनले विद्यालय तहदेखि नै विपद् रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको

नीति तथा कार्यक्रम : वर्षामा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क

५ जेष्ठ ,काठमाडौँ । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय

स्टार्टअपलाई बीउ पूँजी, हिमालको पानी विश्वबजारमा ब्रान्डिङ

५ जेष्ठ ,काठमाडौँ । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई बीउ पूँजी उपलब्ध गराउने र नेपालमा उत्पादित केही वस्तुलाई अन्तर्राष्ट्रिय

‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक

५ जेष्ठ ,काठमाडौँ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गरे । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सङ्घीयतासहितको

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकृत प्रसारण सुरु गर्ने सरकारको घोषणा

५ जेठ, काठमाडाैँ । सरकारले आगामी वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत प्रसारण सेवा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । सञ्चार तथा सूचना प्रविधिमा आम नागरिकको पहुँच स्थापित गरिने, सरकारी निकायबाट सञ्चालित अनलाइन

सरकारले सहकारी नियमनमा कडाइ गर्ने

५ जेठ, काठमाडाैँ । सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने

निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइने

५ जेठ, काठमाडाैँ । सरकारले निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । नीति तथा कार्यक्रममा भूमि प्रशासन सम्बन्धमा प्रविधि र प्रणालीलाई स्तरोन्नति गरिने, ‘सामुदायिक वन फलाउने छ धन’ कार्यक्रम सञ्चालन गरिने, सङ्घ, प्रदेश

निजी क्षेत्रलाई अर्थतन्त्र साझेदारको रुपमा अघि बढाइने

५ जेठ, काठमाडाैँ । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रूपमा अघि बढाउने भएको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रूपमा अघि बढाउँदै विदेशी लगानी प्राथमिकताको क्षेत्र विस्तार गरिने बताएका छन् । साथै राजस्वको दायरा विस्तार गरिने

काठमाडौँ नदी किनाराका जग्गा खाली गर्ने सरकारको घोषणा

५ जेठ, काठमाडाैँ । सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् । नदी किनारामा रहेकाहरुको उचित

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पाैडेल

५ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, “अर्थतन्त्रका सूचक

सम्वन्धित समाचारहरु