Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

३० जेठ, हेटाैँडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले

जापानको किशिदा मन्त्रिपरिषद्को अनुमोदन दर ४३ प्रतिशतमा झर्यो

३० जेठ, एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको छ । एनएचकेको जनमत सर्वेक्षणले सोमबार उल्लेख गरेअनुसार मन नपराउँने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन् भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन् ।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल

२९ जेष्ठ ,काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक अन्तरक्रियामा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । नेपालमा

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

२९ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन् । विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन

बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो

२९ जेष्ठ ,रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ । आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ । सीमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन गर्दा बुटवलको क्षेत्रमा

बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

२९ जेष्ठ ,मकवानपुर ।बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श

प्रतिनिधिसभामा प्रस्तुत भए दुई विधेयक

२९ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत

एमालेले गर्यो प्रदेश सभा बैठक बहिस्कार

२९ जेठ, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो । साथै, एमालेले विश्वविद्यालय सञ्चालनको मागसहित

विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

२९ जेठ, काठमाडाैँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी प्रतिवेदनको मस्यौदालाई परिमार्जनसहित स्वीकृत गरेको छ । समिति सचिवालयले तयार गरेको प्रतिवेदनको मस्यौदालाई आजको बैठकले परिमार्जनसहित स्वीकृत गरेको हो । उच्च शिक्षामा देखिएको जेजस्ता चुनौती छन् त्यसलाई सम्बोधन गर्ने सिलसिलामा यो विश्वविद्यालयको अवधारणा अघि बढेको हो । मुलुकमा

आलु प्याज जसरी सवारी साधन किन्न सकिन्न : अर्थमन्त्री महत

२९ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारी साधन खरिद गर्न नसकिने भन्दै करको दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले विद्युतीय

सम्वन्धित समाचारहरु